सैनिक मञ्च टुँडिखेलमा घोडेजात्राको रौनक, ३० तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १८ चैत २०७८, १७ : २१
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ ।
समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता गरिएको थियो । यस्तै त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड पनि भएको थियो ।

उपराष्ट्रपति नन्दकिशोर पुन, कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणलगायत घोडेजात्राको अवलोकनका लागि टुँडिखेल पुगेका थिए । परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण सिल्वालले बताए ।





























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण