निर्वाचनको मुखमा सरुवा, बढुवा र नियुक्ति
स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सरुवा गर्दै आफू अनुकूलको प्रहरी प्रशासन बनाउने प्रयास गरेको छ ।
सरकारले प्रहरी प्रशासनमा समेत हस्तक्षेप गरी निर्वाचनलाई आपूm अनुकूल बनाउन खोजेको हो । पछिल्ला दिनमा सरकारी निकाय कार्यकर्ता भर्ने भर्तीकेन्द्रको रूपमा रूपान्तरण हुन थालेको सरकारी अधिकारीले बताएका छन् ।
सरकारले बिहीबार मात्रै ४३ जिल्लामा भूमि आयोगमा अध्यक्षको नियुक्ति गरेको छ । यसरी भूमि आयोग जस्तो निकायमा नियुक्ति लिनेहरूमा सत्तारूढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरका नेता तथा कार्यकर्ता छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार पछिल्लो २०/२५ दिनको अवधिमा मात्रै सयाैँ नियुक्ति भएका छन् । यही अवधिमा सरकारले नेपाल प्रहरीमा तीन एआईजी पदसमेत थप गरी तीन जनालाई एआईजीमा बढुवा गरिसकेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीका अध्यक्ष कान्डाको नेपाल भ्रमणमा के–के भयो ?
-
आफ्नै एआई चिप बनाउँदै छ डिपसिक
-
‘साउन पहिलो सातादेखि प्रदेश सरकारहरू हेरफेर हुन्छन्, बागमतीको मुख्यमन्त्रीमा मेरो दाबी छ’
-
क्षणभरमै फेरियो सिंहदरबारको दृश्य, नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूको ह्विल लक
-
सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध
-
सय दिनमा सरकारले अभूतपूर्व काम गरेको अर्थमन्त्रीको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण