‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान
मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन गोरखादेखि सुरु भएको अभियानअन्तर्गत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमूलक ऱ्याली र कोणसभा गरिएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार’ भन्ने मूल नाराका साथ २१ जिल्लामा ‘युद्ध निषेधः शान्ति विशेष’ र लागुऔषध तथा दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गरिने समाजका महासचिव रामकृष्ण बरालले बताए ।
मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाका पुग्ने अभियानको टोली फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, बर्दघाट र गैँडाकोट हुँदै चैत २५ गते चितवनमा समापन गरिने बरालले बताए । प्रत्येक ठाउँमा तापक्रम वृद्धिले पारेको असर र न्यूनीकरणका उपायसम्बन्धी पर्चा वितरण, सडकमा ऱ्याली र कोणसभा गरिने समाजले जनाएको छ ।
समाजका सभापति गोविन्द खनालले मानव जीवनसँग सम्बन्धित हिमाल र सभ्यतासँग जोडिएको नदीलाई जोगाउन नागरिक सचेत बन्नुपर्ने अवस्था आएको बताए । “नदी जोगाउनका लागि हिमालय, वातावरण र पर्यावरण जोगाउन आवश्यक छ”, उनले भने, “हाम्रा कुकर्मका कारणले हिमाल नाङ्गिँदै गएका छन् । यसले गर्दा हिमनदी सुक्ने, जलचर लोप हुँदै जाने स्थिति सिर्जना भएको छ ।”
शान्ति समाजका पूर्वसभापति उत्तम पुडाशैनीले विगतमा राजनीतिक परिवर्तन, मानवअधिकार र लोकतन्त्रका लागि लडेको समाजले पछिल्लो समय नागरिक अधिकारका मुद्दामा केन्द्रित भएको उनले बताए । समाजका संस्थापक सभापति कृष्ण पहाडीले गुणस्तरीय स्वास्थ्य सेवा, वैज्ञानिक शिक्षा र सुशासन राजनीतिक मुद्दा बन्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण