सातामा १२ सयले घट्यो सुनको मूल्य
यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार यता सुनको मूल्यमा प्रतितोला १२ सय रुपैयाँको गिरावट आएको हो ।
गत साताको शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, गतसाता तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।
जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ छ । यस्तै, यो सातामा तेजाबी सुनको मूल्य पनि १२ सय रुपैयाँले नै घटेर प्रतितोला ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ ।
यसैगरी, गत साताको शुक्रबार तोलामा १४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य समेत घटेको छ । यो साताको शुक्रबारसम्म आइपुग्दा चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा आइपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण