बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन
सोमबार, २१ चैत २०७८, १२ : १०
नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।
त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ । साथै स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारका लागि ५०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
-
चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड
-
नयाँ प्रणालीबाट विद्युतीय राहदानी जारी गर्दा लागतमा उल्लेख्य गिरावट
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण