बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ठूला पार्टी नामले अलग भएपनि विचारले एकै हुुन्  : अध्यक्ष  लिङ्देन

सोमबार, २१ चैत २०७८, १९ : ००
सोमबार, २१ चैत २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ३ ठूला दल नामले अलग  भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राप्रपाले  भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बैदेशिक हस्तक्षेप भित्र्याउन ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्रपाले यीनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखाउनु पर्ने ठिक समय आएको बताए । 

पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवेकले काम गर्न सक्छ भनेर प्रमाणित गर्नु पर्ने बताए । उनले एमाले, माओवादी, काँग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साँढेको अगाडि दुधको बाल्टी लिनु जस्तै भएको उनले बताए । 

ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए । 

समान्य आखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बताए ।  '​गोली चलेको छैन, बन्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उपलब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनु पर्ने अवस्था छ' उनले भने ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप