दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै, सहरी नगरपालिकामा भरिँदै
दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचारी सरुवा गर्ने क्रममा दुई पटक गरी एक हजार एक सय कर्मचारी सुगम स्थानीय तहमा सरुवा गरेको छ । यतिका कर्मचारी सुगम स्थानीय तहमा सरुवा भएसँगै दुर्गम क्षेत्रका गाउँपालिकामा कर्मचारीको अभाव झनै बल्झिएको छ । रिक्त कर्मचारीको दरबन्दीमा दुई वर्षअगाडि गाउँपालिका आफैँले लोक सेवामार्फत विज्ञापन गरी भर्ना गरिएका कर्मचारीले विभिन्न समस्या देखाएर पायक पर्ने सुगम स्थानीय तहमा सरुवा भएको गुनासो छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक पटकका लागि दोहोरो सहमतिमा अप्ठ्यारो परेका कर्मचारीलाई अन्तरपालिका सरुवा गरिएको जनाएको छ । यो क्रम सधैँ नदोहोरिनेसमेत मन्त्रालयले दाबी गरेको छ । कर्मचारी समायोजनका क्रममा सङ्घमा ४० हजार ७६९, प्रदेशमा १४ हजार ६५९ र स्थानीय तहमा ३१ हजार ४३ जना कर्मचारी समायोजन भएका थिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक अनुशासनविपरीत काम गर्नेलाई निर्मम कारबाही गरिन्छ : सशस्त्र प्रहरी
-
कृषि र साना कर्जाको धितो मूल्याङ्कन सहज, बाली भित्र्याउने समयअनुसार किस्ता तय गरिने
-
तीव्र रुसी आक्रमणपछि हवाई प्रतिरक्षा प्रणालीका लागि नेटो गुहार्दै जेलेन्स्की
-
सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
-
पहिरोका कारण सडक अवरुद्ध
-
यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण