नरैनापुरमा १५ घरगोठ जलेर नष्ट
मङ्गलबार, २२ चैत २०७८, १० : ०४
बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट करिब रु १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताए । गर्मी याममा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
बजेट शून्यताको अवस्थामा पुग्दै सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण