सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले आँधिखोला गाउँपालिकाको उम्मेदवार टुंगायो

बुधबार, २३ चैत २०७८, २० : ०१
बुधबार, २३ चैत २०७८

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले स्याङ्जाको आँधिखोला गाउँपालिकाको उम्मेदवारको टुंगो लगाएको छ ।

पालिका कमिटीको बुधबार बसेको बैठकले गाउँपालिका अध्यक्षमा हरिप्रसाद ढकालको नाम सर्वसम्मत टुंगो लगाएको हो ।

ढकाल माओवादी केन्द्रको खानेपानी तथा सरसफाइ विभागका केन्द्रीय सदस्य हुन् । 

आँधिखोला गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप