छुवाछूत गर्नेलाई कैद, पीडितलाई क्षतिपूर्ति
जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएको छ। सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
पीडितहरूलाई ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिएका छन्। ४२ वर्षीय तत्माले भने, ‘न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’
तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी ठहर गरेकोमा सन्तोष जनाइन्। अदालतले आफ्नो पक्षमा फैसला गरे पनि दलितलाई समाजमा फर्किएर सामान्य रूपमा जीवन जिउन गाह्रो रहेको उनले बताइन्।
‘दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै हामीले न्याय पाउँदैनौं। समाजले बराबरी स्वीकार गर्नुपर्छ’, उनले भनिन्, ‘अमानवीय व्यवहार हुने सबै खाले विभेदको चलन हटाउनु पर्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
-
धर्मेन्द्रले हेमा मालिनीलाई पठाएको अन्तिम सन्देश के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण