एमालेले विद्यासुन्दर शाक्यको पाँच वर्षको कामको मूल्याङ्कन गर्ने
नेकपा एमालेले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ५ वर्षमा गरेका कामको मूल्याङ्कन गर्ने भएको छ । आगामी स्थानीय तह चुनावमा फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताउँदै आएका शाक्यको कामको मूल्याङ्कनपछि मात्रै पुनः उम्मेदवार बनाउने वा नबनाउने भन्ने बारेमा निर्णय गरिने एमाले काठमाडौं सहइन्चार्ज कृष्ण राईले रातोपाटीलाई जानकारी दिए ।
उनले भने– ‘काठमाडौं महानगरमा को मेयरको उम्मेदवार हुने भन्ने सन्दर्भमा विद्यासुन्दरजीले ५ वर्षमा गरेको कामको हामी मूल्याङ्कन गर्छौँ । त्यसपछि मात्रै हामी को उम्मेदवार हुने तय गर्छौँ । उम्मेदवार हुन खोज्नु त ठूलो कुरा भएन, पहिला जनप्रतिनिधि भइसकेकाहरु पुनः उम्मेदार हुने हो भने उनीहरुको कामको मूल्याङ्कन गर्ने भन्ने कुरा भएको छ । नयाँ मान्छेहरु कसरी आउँछन्, त्यही अनुसार कुरा गरेर जाने हो ।’
उनले यही चैत २८ गतेपछि बैठक बसेर उम्मेदवार छनौटका लागि गृहकार्य सुरु गरिने जानकारी दिए । नेता राईले पार्टीले व्यक्ति व्यक्तिले पार्टीको उम्मेदवारीको घोषणा गर्दै नहिड्न समेत निर्देशन दिएको बताए । एमालेबाट काठमाडौंमा महानगर प्रमुखका दावेदारमा मेयर शाक्य र एमाले बागमती प्रदेश सांसद समेत रहेका केशव स्थापितको नाम चर्चामा रहेको छ । पार्टीले टिकट दिएका पुन उम्मेदवारी दिने बताउँदै आएका शाक्य पछिल्लो समय महानगरभित्र भएका कामहरुको उद्घाटनमा ब्यस्त रहने गरेका छन् ।
गत चैत २ गते मेयर शाक्यले डेढ वर्षदेखि सञ्चालनमा आएको काठमाडौंको माइतीघर चोक छेउको आकाशे पुलको समेत उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण