सरकारले चिनियाँ कम्पनी गेजुवाबाट खोस्यो बुढीगण्डकी जलविद्युत आयोजना
सरकारले चिनियाँ कम्पनीबाट १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना खोसेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वदेशी लगानीमै जलाशययुक्त जलविद्युत आयोजना बनाउने निर्णय गरेको हो ।
यसअघिको सरकारले राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीलाई बनाउने दिने निर्णय भएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनीबाट खोसेर स्वदेशी लगानीमै राष्ट्रिय गौरवको आयोजना बनाउने निर्णय भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।
यो आयोजना धादिङ र गोर्खा जिल्लामा पर्छ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने भनेर पेट्रोलियम पदार्थबाट अर्बौ कर उठाइसकेको छ । आयोजनाअन्तर्गत अहिलेसम्म ४८ हजार ९४८ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । यसका लागि ६४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।
हिजो (बुधबार) ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बन्ने बताएकी थिइन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी सुनाउन आयोजना गरिएको कार्यक्रममा यस्तो बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण