बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना गराएर फरार चालक पक्राउ

बिहीबार, २४ चैत २०७८, २२ : ०७
बिहीबार, २४ चैत २०७८

काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टिदोबाटोमा दुर्घटना गराएर भागेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार इन्भेष्टमेन्ट बैंक अगाडी ना.१७ च ४९०३ नम्बरको टाटा भ्यानले बागमती प्रदेश–०२–०२८ प ७७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार किशोर सुवेदीको मृत्यु भएको थियो । 

दुर्घटनापछि भागेका ओखलढुङ्गा सुनकोशी गाँउपालिका–२ घर भएका १९ वर्षीय मन कुमार तामाङलाई पक्राउ गरिएको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । कागेश्वरी मनहरा नगरपालिका–५ स्थित डाँछी बस्ने मनकुमारलाई बिहिबार प्रहरीले डाँछीबाट पक्राउ गरेको हो । 

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ घर भएका करिब ३० वर्षका सुवेदीको उपचारको क्रममा स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पताल मृत्यु भएको थियो । घटनाबारे महानगरीय प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप