दुर्घटना गराएर फरार चालक पक्राउ
बिहीबार, २४ चैत २०७८, २२ : ०७
काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टिदोबाटोमा दुर्घटना गराएर भागेका चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार इन्भेष्टमेन्ट बैंक अगाडी ना.१७ च ४९०३ नम्बरको टाटा भ्यानले बागमती प्रदेश–०२–०२८ प ७७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार किशोर सुवेदीको मृत्यु भएको थियो ।
दुर्घटनापछि भागेका ओखलढुङ्गा सुनकोशी गाँउपालिका–२ घर भएका १९ वर्षीय मन कुमार तामाङलाई पक्राउ गरिएको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । कागेश्वरी मनहरा नगरपालिका–५ स्थित डाँछी बस्ने मनकुमारलाई बिहिबार प्रहरीले डाँछीबाट पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ घर भएका करिब ३० वर्षका सुवेदीको उपचारको क्रममा स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पताल मृत्यु भएको थियो । घटनाबारे महानगरीय प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण