मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्ने
एलन मस्कले मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गरेर सधैंका लागि बाच्न सक्ने बताएका छन् । ‘मलाई लाग्छ यो सम्भव छ,’ मस्कले हालै मात्र इनसाइडरलाई बताएका छन् । ‘हो वास्तवमै हामी वस्तुहरुलाई डाउनलोड गर्न सक्छौं । यो अविश्वसनीय हुने हामीलाई लागेको छ । यदि तपाईं शरीरमा हुनुहुन्न भने पनि त्यो निश्चित रुपमा फरक हुनेछ । तर हामीले आफ्नो स्मृतिलाई, हाम्रो व्यक्तित्वलाई सुरक्षा गर्न सक्छौं,’ उनको भनाई थियो ।
मस्ककातर्फबाट यस किसिमको प्रविधि आजको कम्प्यूूटरको मेमोरीको स्वरुपबाट क्रमिक रुपमा उत्पन्न हुनेछ । ‘हाम्रा मेमोरीहरु हाम्रा फोन र कम्प्युटरमा चित्र वा भिडियोको रुपमा संग्रह भइरहेका छन्,’ उनले बताए । कम्प्युटर र फोनले हाम्रो संचार गर्ने क्षमतालाई बढाइ दिन्छ । हामीले पहिलेनै मानव दिमागलाई कम्प्युटरको माध्यमबाट बढाएको छ । सिन्थेटिक शरीरहरुमा चेतनाहरु डाउनलोड गरेर मानव जीवनलाई लम्ब्याउने अवधारणा दशकौंसम्म मानव विज्ञान कथाको फिक्चर भएको छ । १९६४ को साइ फाइ उपन्यास ‘डुने’ले यी प्राणीहरुलाई साइमेक्स भनेको थियो ।
केही विज्ञहरु आज पनि दिमाग अपलोडिङ गर्ने प्रविधिले यसलाई सम्भव बनाउने विश्वास व्यक्त गरेका छन् । तर, यसको समयसीमा अत्यन्त अस्पष्ट भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण