‘काँग्रेसले चेतेन, अर्थतन्त्र कमजोर भएको बेला गभर्नर हटाइयो’
आइतबार, २७ चैत २०७८, १४ : ३१
पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान सरकारका अर्थमन्त्रीको कमजोरी ढाकछोप गर्न गभर्नर हटाउन लागि परेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले सम्बद्ध पूर्व अर्थमन्त्रीहरूको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
‘अहिले पनि काँग्रेसले सिकेन, पहिलेको घटनाबाट सिक्नुपर्ने हो तर भएन ।’ यसअघि जसरी गभर्नर माथि कारबाही गरिएको थियो, हामीलाई नोट छाप्न निकै कठिन भएको थियो । कित राजाको श्रीपेच भएको नोट चलाउनु पथ्र्यो कित चुप लागेर बस्नु पर्ने अवस्था बनेको थियो । फेरि सरकार सोही घटना दोहो¥याउने पथमा अघि बढेको छ । यसले मुलुकलाई थप संकट ल्याउनेमा कुनै दुविधा छैन’ खतिवडाले भने ।
सरकारको गल्तीको ढाकछोप गर्नकै लागि यस्तो कदम चालिएको भन्दै पूर्वमन्त्री खतिवडाले यस्तो गल्ति नगर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण