सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आपतकालिन अवतरणको समयमा विमान भयो २ टुक्रा

आइतबार, २७ चैत २०७८, १५ : ५९
आइतबार, २७ चैत २०७८

सामाजिक सञ्जालमा कयौँ पटक यस्तो डरलाग्दो भिडियो देखिन्छ, जसलाई हेर्दा हाम्रो मुटुको धड्कनै रोकिएला जस्तो हुन्छ ।

हालै एक यस्तो भिडियो भाइरल भएको छ, जसमा एक कार्गो विमान विमानस्थलमा आपतकालीन अवतरणको समयमा दुर्घटनाग्रस्त भएको छ । यो भिडियो हेरेपछि जोकोहीको होस् उड्छ ।

यो घटना मध्य अमेरिकी देश कोस्टारिकाको हो । यहाँ एक विमान  आपतकालिन अवतरणको समयमा दुर्घटनाग्रस्त भएको देखिएको छ । भिडियोमा अवतरणको समयमा कार्गो विमान धावनमार्गमै उत्रने वित्तीकै दुुई टुक्रा भएको थियो । यो विमान डीएचएलको स्वामित्वमा रहेको थियो ।

यो दुर्घटना कोस्टारिकाको जुआन सान्टा मारिया अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो । यो कार्गो विमानमा केही यान्त्रिक समस्या आएको थियो । त्यसपछि विमानलाई आपतकालिन अवतरण गरिएको र अवतरणकै समयमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चालकको अवस्थाबारे भने केही खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप