आपतकालिन अवतरणको समयमा विमान भयो २ टुक्रा
सामाजिक सञ्जालमा कयौँ पटक यस्तो डरलाग्दो भिडियो देखिन्छ, जसलाई हेर्दा हाम्रो मुटुको धड्कनै रोकिएला जस्तो हुन्छ ।
हालै एक यस्तो भिडियो भाइरल भएको छ, जसमा एक कार्गो विमान विमानस्थलमा आपतकालीन अवतरणको समयमा दुर्घटनाग्रस्त भएको छ । यो भिडियो हेरेपछि जोकोहीको होस् उड्छ ।
यो घटना मध्य अमेरिकी देश कोस्टारिकाको हो । यहाँ एक विमान आपतकालिन अवतरणको समयमा दुर्घटनाग्रस्त भएको देखिएको छ । भिडियोमा अवतरणको समयमा कार्गो विमान धावनमार्गमै उत्रने वित्तीकै दुुई टुक्रा भएको थियो । यो विमान डीएचएलको स्वामित्वमा रहेको थियो ।
यो दुर्घटना कोस्टारिकाको जुआन सान्टा मारिया अन्तर्राष्ट्रिय विमानस्थलमा भएको थियो । यो कार्गो विमानमा केही यान्त्रिक समस्या आएको थियो । त्यसपछि विमानलाई आपतकालिन अवतरण गरिएको र अवतरणकै समयमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चालकको अवस्थाबारे भने केही खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण