बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फायर फाइटरको अभ्यास

आइतबार, २७ चैत २०७८, २२ : ०१
आइतबार, २७ चैत २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार फायर फाइटरको अभ्यास गरिएको छ ।

आइतबार साँझ नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यास गरिएको हो ।

विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न फायर फाइटर गरिएको बताए । 
 
आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि अन्तर्राष्ट्रिय विमानस्थलमा रातिमा वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप