आईटी कम्पनीले कर्मचारीलाई दियो डेढ करोडको बीएमडब्लू कार
चेन्नईको प्रविधि कम्पनी किसफ्लो इङ्कले राम्रो काम गर्ने ५ कर्मचारीलाई गत साता उपहारमा डेढ करोड रुपैयाँभन्दा बढीको बीएमडब्लू कार दिएको छ । कम्पनीका सिईओले कोरोना महामारीको समयमा अस्तित्वमा आएको संकटबाट माथि उठ्न र विपरीत परिस्थितिमा पनि कमाई गर्न सहयोग गर्ने सिनियर पाँच कर्मचारीलाई यो उपहार दिएको हो ।
यद्यपि कर्मचारीलाई भने पहिलेदेखि नै उपहारका बारेमा कुनै जानकारी थिएन । उनीहरुलाई कार्यक्रमको बारेमा केही घण्टा अघिमात्र जानकारी दिइएको थियो, त्यतिबेला उनीहरुले हाकिमसँग खाना खाने कार्यक्रम हुन सक्छ भन्ने सोचेका थिए ।
कम्पनीका सीईओ सुरेश सम्बन्दमले कर्मचारीलाई कारको साँचो हस्तान्तरण गरेपछि भने, ‘यी पाँच कर्मचारीले प्रतिकुल परिस्थितिमा पनि मेरो साथ दिएका थिए । उनीहरु बिना किसफ्लो त्यो हुन सक्दैनथ्यो, जुन आज भएको छ र यो प्रशंसाको एक अत्यन्त सानो टोकन हो ।’
उपहार पाउने मध्येमा केही अत्यन्त साधारण पृष्ठभूमिका छन् । बीएमडब्लूू कार उपहारस्वरुप दिइएका पाँच कर्मचारीमा सबै सुरुवात देखिनै कार्यरत रहेको सिईओले बताएका छन् । उपहार पाउने मध्येमा केही अत्यन्त साधारण पृष्ठभूमि भएका र कम्पनीमा आबद्ध हुनुभन्दा पहिले धेरै चुनौतीको सामना गरिसकेका छन् । सम्बन्दमले भने, ‘हामीमाझ मुस्किल समय थियो ।’
नेभी ब्लूू ५ सिरिजका यी कारको मूल्य भारु १ करोड छ । उपहार पाउने कर्मचारीमा चिफ प्रोडक्ट अफिसर दिनेश बरदराजन, प्रोडक्ट मेनेजर कौशिकराम कृष्णसाई, निर्देशक विवेक मदुराई, निर्देशक आदि रामानाथन र उपाध्यक्ष प्रसन्नता राजेन्द्रन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण