‘केही मानिसको सन्कीपनले देशको नीतिहरु भाँडिए’
नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरुको सन्कीपनले देशको नीतिहरु भाँडिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट शुरु भएको स्वास्थ्य वैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।
उनले अहिले देशमा विदेशी मुद्राहरुको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए । एमाले सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए । उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको बताए ।
सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए । सचिव भट्टराईले कुनैपनि उमेर समूहका मानिसहरुलाई स्वास्थ्यको आधारभुत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण