काँग्रेसबाट नुवाकोटको सूर्यगढी गाउँपालिका अध्यक्षमा १० जनाको नाम सिफारिस
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको सूर्यगढी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा १० जना सिफारिस भएका छन् । काँग्रेस सूर्यगढी गाउँपालिकाको बैठकले शंकर बहादुर प्याकुरेलसहित कुमार गुरुङ, शिव अधिकारी, मञ्जु बुढाथोकीको नाम सिफारिस भएको छ ।
यस्तै सन्तबहादुर घले, रामजी प्रसाद पौडेल, सुमन गिरी, भेषराज ढकाल र राजु अधिकारीको नाम पनि सिफारिस भएको छ । सिफारिस भएकामध्ये कुमार गुरुङ र वर्तमान अध्यक्ष सन्तबहादुर घलेले टिकट पाउने सम्भावना बढी रहेको स्थानीय एक नेताले बताए ।
यस्तै उपाध्यक्षमा नारायणी भट्टराई, मेनुका भट्टराई, निशा अधिकारी, मञ्जु घिमिरे र ईश्वरी गिरी सिफारिस भएका छन् । यसअघि सो गाउँपालिका काँग्रेस विजयी भएकाले गठबन्धन भएपनि काँग्रेसले नै पाउने निष्कर्षका साथ सिफारिस गरिएको बताइएको छ । सिफारिस भएका उम्मेदवार मध्येबाट एक जना मेयर र उपमेयरको उम्मेदवार माथिल्ला कमिटीले तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण