यू–१९ महिला क्रिकेट : नेपालले मलेसियामा एसिया छनोट खेल्ने
सोमबार, २८ चैत २०७८, १७ : ५९
नेपाली यू–१९ महिला क्रिकेट टोलीले आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट मलेसियामा खेल्ने भएको छ ।
मलेसिया क्रिकेट एसोसिएसनले एसिया छनोटको आयोजना गर्ने जिम्मा पाएको हो । आठ राष्ट्र सहभागी रहने प्रतियोगिताको छनोट सन् २०२२ को जुनमा हुनेछ ।
प्रतियोगितामा मलेसिया, थाइल्याण्ड, चिन, यूएई, नेपाल, भुटान, म्यानमार र कतारले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको विजेताले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।
छनोटमा सहभागिताका लागि गत साता यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु यू–१९ राष्ट्रिय क्रिकेट टिममा पर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण