बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भूमिसुधार कार्यालय धनुषाका निमित्त प्रमुख घुस रकमसहित पक्राउ

सोमबार, २८ चैत २०७८, २० : ०१
सोमबार, २८ चैत २०७८

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

झाले जग्गा सम्बन्धी हक साफी मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख मागेको सूचना एवं उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले घस रकमसहित भानुचोक जनकपुरबाट सोमबार बिहान ८स्१५ मा नियन्त्रणमा लिएको जनाएको छ । उनलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप