प्रतिबन्धित भारतीय रुपैयाँसहित एक पक्राउ
बुधबार, ३० चैत २०७८, २० : ३२
नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौंबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीसँग छ लाख ५४ हजार नेपाली रुपैयाँसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण
-
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
-
मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने
-
उपल्लो दरवाङको सडक अठार वर्षपछि कालोपत्र
-
केयूको आयोजनामा साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै
-
बागमती प्रदेशको बजेट आकार घट्ने