आजदेखि खुल्यो दुई नयाँ हल
नयाँ वर्षको अवसर पारेर आज (बिहीबार) देखि दुई नयाँ चलचित्र घर संचालनमा आएका छन् । ती मध्य एक दरबारमार्गमा ‘दरबार सिनेम्याक्स’ रहेको छ भने अर्काे वान सिनेमाले कालिमाटीमा संचालनमा ल्याएको हो ।
दरबार मार्गमा रहेको ‘दरबार सिनेम्याक्स’ गुण ग्रुपद्वारा सञ्चालनमा ल्याइएको हो । ५२ र ५३ सिट क्षमताको दुई वटा हल अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा आएको प्रवन्ध निर्देशक दीप्रस शाक्यले बताए ।
हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अडर अनुसारको खाना र वार सहितको सेवा प्रदान गर्ने गरेर हल संचालनमा आएको हो ।
वान सिनेमाजले काठमाडौंको कालिमाटीमा सञ्चालनमा ल्याएको हल ३०० सिट क्षमताको रहेको वान सिनेमाजका प्रमुख प्रज्वल राणाले बताए । हल कालिमाटी ट्रेड सेन्टरको चौथो तल्लामा रहेको छ ।
दुबै हलमा आजदेखि ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
-
अपूर्वाको खुलासा : कठिन समयमा सूफीले बचाएका थिए ज्यान
-
पेसागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो : प्रहरी महानिरीक्षक कार्की
-
१० पालिकामा नमुना कृषि कार्यक्रम लागू गर्ने योजना छ : मन्त्री चौधरी
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण