‘ठूला पार्टीले देशलाई असफलताको बाटोमा धकेलिरहेका छन्’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठूला राजनीतिक पार्टी र ठूला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताएका हुन् ।
ठूला पार्टीहरू देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको उनले बताए । उनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको पनि बताए । अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायको रुपमा लिने मानिसहरु रहेको बताए । उनले राप्रपामा भने राजनीतिलाई देश सेवाको रुपमा लिने र देशलाई माया गर्नेहरु आवद्ध रहेको उल्लेख गरे । भ्रष्टाचार विरोधीहरु आफ्नो पार्टीमा जोडिँदै गएका उनले बताए ।
अध्यक्ष लिङ्देनले विभिन्न व्यक्तिहरुलाई राप्रपामा प्रवेश गराएका हुन् । बिहीबारको पार्टी प्रवेश कार्यक्रममार्फत् चिकित्सक डा. रामप्रसाद उप्रेती, सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला र जिता बराल, पूर्व डिआईजी मन्दिप श्रेष्ठ, नेपाली काँग्रेसका महासमिति सदस्य रोहन राउत क्षेत्री लगायत राप्रपामा प्रवेश गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण