मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भुमा एक युवकको शव भेटियो

शुक्रबार, ०२ वैशाख २०७९, १३ : ०६
शुक्रबार, ०२ वैशाख २०७९

स्वयम्भुस्थित भगवान पाउ नजिकै युवकको शव भेटिएको छ । करिब २२ वर्षीय युवकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।​ भगवान पाउ स्थित सामुदायिक प्रहरी बिट नजिकै मृत भेटिएका युवकको पहिचान खुलेको छैन । शवको टाउको भुईँमा ठोक्किएको र मुखबाट रगत बगेको अवस्थामा भेटिएको छ ।

ट्राफिक प्रहरीको बिट नजिकै मृत भेटिएका युवाको अनुहारमा चोट छ, मुखबाट रगत बगेको छ । मृतकको पहिचान खुलेको छैन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुले हत्या आशंकामा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप