एन्फा निर्वाचन : ‘बी’ डिभिजनका ११ क्लबलाई मताधिकार
शुक्रबार, ०२ वैशाख २०७९, २० : २५

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लबले मताधिकार लिएका छन् । शुक्रबार भएको प्रतिनिधि छनोटको निर्वाचनमा ११ क्लबले मताधिकार पाएका हुन् ।
‘बी’ डिभिजनमा १४ क्लबबाट ११ क्लबले मताधिकार पाए । जसमा श्री भगवती, आरसीटी, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, बाईज युनियन, चर्च ब्वाईज रहेका छन् ।
यता सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज क्लबले मताधिकार प्राप्त गर्न सकेनन् । यसअघि ‘सी’ डिभिजन लिगका ९ क्लबले मताधिकार पाएका थिए । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा