शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा तीन दलबीच गठबन्धन हुने

शुक्रबार, ०२ वैशाख २०७९, २० : ३२
शुक्रबार, ०२ वैशाख २०७९

सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको गठबन्धनका दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको बसेको बैठकले गठबन्धन गर्ने निर्णय गर्दै स्थानीय तहको भागबण्डा गर्न आइतबार पार्टीका प्रमुख र केन्द्रीय सदस्यहरुको बैठक बस्ने जनाइएको छ । सिन्धुपाल्चोकमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप