प्रचण्डलाई भेटेर फर्किए उपेन्द्र र बाबुराम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटघाट भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा तीन नेताबीच बिहान साढे ११ बजेतिर भेटघाट भएको बाबुरामको सचिवालयले जनाएको छ ।
स्थानीय निर्वाचनमा जसपालाई माओवादीले निषेध गरेको भन्दै बाबुराम र उपेन्द्रले प्रचण्डसँग गुनासो गरेका छन् । पाँच दलीय चुनावी तालमेलमा माओवादीले निषेध गरेपछि सहज वातावरण बनाउने विषयमा तीन नेताबीच छलफल भएको बताएको छ ।
यदि नेपाली काँग्रेससँग सबै स्थानीय तहमा चुनावी तालमेल हुने स्थिति नभएमा जसपा र माओवादीले एक आपसमा सघाएर जाने वातावरण मिलाउने बारेमा समेत छलफल भएको बुझिएको छ । जसपा मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा मात्रै बढी प्रभाव भएका तर अन्य जिल्लामा कमजोर भएकाले त्यसमा माओवादीले निषेध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण