शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीले वैशाख ७ गतेदेखि टिकट वितरण गर्ने

सोमबार, ०५ वैशाख २०७९, २२ : ५३
सोमबार, ०५ वैशाख २०७९

स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको टुंगो लगाउँदै टिकट वितरणको अन्तिम तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।

सोमबार मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने र बैशाख ७–८ गते वडाहरूको टिकट वितरण हुने जनमत पार्टीले जनाएको छ । वडाध्यक्षहरुका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालयका साथै प्रदेश नम्बर १ को विराटनगर र लुम्बिनी प्रदेशको भैरहवाबाट पनि वितरण हुने जनाएको हो ।

जनमत पार्टीबाट उम्मेदवार हुनका लागि उम्मेदवारहरूले मनोनयन–पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्नेछ । त्यस्तै निर्वाचनमा हुने खर्च आफै गर्नुपर्ने जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीले यसअघि स्थानीय तहको उपचुनावमा भाग लिएको थियो । उम्मेदवारहरूलाई नागरिकता र मतदाता परिचयपत्रको प्रतिलिपि (फोटोकपी) लिएर उपस्थित हुन भनिएको छ । त्यस्तै उम्मेदवारहरूले मनोनयन–पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्ने जनमत पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप