आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टीले दिएको समयभित्रै नेविसंघको महाधिवेशन गर्छु : दुजाङ शेर्पा

मङ्गलबार, ०६ वैशाख २०७९, १४ : २७
मङ्गलबार, ०६ वैशाख २०७९

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गरिने बताएका छन्। मंगलबार काठमाडौंमा भएको नेविसंघको ५३ औं स्थापना दिवस कार्यक्रममा उनले समयमै महाधिवेशन गराउने बताए ।

उनले भने,  ‘लामो समयदेखि नेपाल विद्यार्थी संघको अधिवेशन हुन सकेको छैन । मैले पाएको समय सीमाभन्दा एक दिनपनि बढी नेतृत्वमा बस्ने छैन ।’ लथालिङ भएको नेविसंघको संगठनलाई ट्र्याकमा ल्याएर समयमै अधिवेशन गराउने शेर्पाले बताए । ‘अधिवेशन गराउन सबै विद्यार्थी साथीहरुले सहयोग गर्नुहुन्छ भन्ने विश्वास गर्दै छु,’ उनले भने, ‘पार्टी सभापति ज्यूले मलाई होइन ३२ वर्ष मुनिका विद्यार्थीलाई नेविसंघको जिम्मेवारी दिएको छ । म यो जिम्मेवारीबाट कहिले चुक्ने छैन ।’

चैत ९ गते नेविसंघ सभापति भएका शेर्पालाई प्रतिनिधि सभा निर्वाचन भएको तीन महिनाभित्र अधिवेशन गरिसक्न काँग्रेसको निर्देशन छ। यस्तै लामो समय नेविसंघको राजनीति गरेका ३२ वर्ष माथिका नेतालाई अन्याय भएको भन्दै पार्टीमा उचित जिम्मेवारी दिनु माग गरे । ‘उहाँहरुलाई पार्टीमा उचित स्थान दिन सभापति र सिंगो केन्द्रीय कार्यसमितिलाई मेरो आग्रह छ,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा नेविसंघका नेताहरुलाई प्राथमिकतामा राखिदिन मेरो अनुरोध छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप