छलफल निष्कर्षविहीन भएपछि पेलेरै अघि बढ्ने सत्ता पक्षको सङ्केत

समाचार सारांश
- सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका सचेतकहरूसँगको छलफल निष्कर्षविहीन भयो, जसमा दलहरूले आ-आफ्ना अडान दोहोर्याए।
- नेपाली कांग्रेसका सचेतकका अनुसार प्रतिपक्षीको असहयोगका बाबजुद संसदको कारबाही अघि बढ्नेछ, तर प्रतिपक्षीले सहयोग गरेमा छलफल सकारात्मक हुनेछ।
- एमालेका सचेतकले बजेटमाथिको छलफल आजैबाट सुरु हुने बताए, र सहमतिका लागि बैठक स्थगित गर्ने पक्षमा नरहेको जानकारी दिए।
काठमाडौँ । संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार संसद्को अवरोध हटाउन सभामुखले नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।
छलफलमा सत्ता र प्रतिपक्षहरूले आ–आफ्नै अडान दोहोर्याउँदा सहमति हुन सकेको छैन । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्लाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिए । उनले प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढङ्गले अगाडि बढ्ने बताए ।
उनले प्रतिपक्षले असहयोग गरे पनि संसद्को कारबाही अगाडि बढाउने जिकिर गरे । उनले भने, ‘आजबाट संसद् सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनै पनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ । संसद् सञ्चालन गर्न दिने कि नदिने भन्ने निष्कर्ष उहाँहरूले दिनुभएको छैन । उहाँहरूले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरूले अप्ठ्यारो गरे पनि केही असहज होला तर संसद् अगाडि बढ्छ ।’
नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरू नरहेको बताए । उनले प्रतिपक्षीले अवरोध गरे पनि र नगरे पनि बैठक बजेटमाथिको छलफल सुरु हुने बताए ।
उनले भने– ‘प्रमुख प्रतिपक्षी दलहरूले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो । हामीले त्यो हामीले मान्दै आयौँ । आजको बैठकमा चाहिँ हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन । आजदेखिको बैठक हामी स्मुथली अगाडि बढाउन चाहन्छौँ । बजेटमाथि आजदेखि छलफल आरम्भ हुन्छ ।’
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद् अवरोध हुँदै आएको छ । निरन्तरको अवरोधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिपुरमा फेरि हिंसा, पाँच जिल्लामा इन्टरनेट बन्द, केहीमा निषेधाज्ञा
-
नेपालमा ८७ हजार यौन श्रमिक
-
अध्यागमन विभागमा संसदीय भ्रमण गर्नुपर्ने भन्दै रास्वपा सांसद भण्डारीले दिइन् निवेदन
-
प्रधानमन्त्रीद्वारा त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण (तस्बिरहरू)
-
छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ
-
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित