‘जन्ते बाख्रो’ को व्यवसाय बुझ्न हलमा कलाकार, व्यवसाय कस्तो ?
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जन्ते बाख्रो' ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ।
- फिल्म निर्माण टिमले कलाकारसहित हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका छन्, दर्शकको राम्रो चाप रहेको छ ।
- 'जन्ते बाख्रो' ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई प्रस्तुत गरेको छ।
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको निर्माण टिमले कलाकारसहित शुक्रबार र शनिबार हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिएका हुन् । हलमा दर्शकको राम्रो चाप समेत देखिएको निर्माण युनिटले जनाएको छ ।
अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्मा दर्शकसँग साक्षात्कार गर्न हल हल पुगिरहेका छन् । शो क्रममा कलाकारसँग सेल्फी खिच्न दर्शकको तछाड मछाड नै चल्ने गरेको छ । दर्शकले कलाकारको अभिनय तारिफ समेत गरेको अभिनेता सौगात मल्ले बताए ।
_2qRR1l605M.jpg)
सिमोस सुनुवार निर्देशित फिल्म सन्तोष गौतमले बनाएका हुन् । ‘हामीले फिल्म राम्रो बनाएको प्रतिक्रिया पाएका छौँ ’, निर्माता गौतमले भने, ‘हामीले इमानदारिताका साथ विना फिल्म बनाएको फल हो यो ।’
प्रदीप भारद्वाजको लेखनमा तयार भएको फिल्ममा अभिनेता सौगात, आशिफ र गरिमाको अलवा रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी–दुनामा भोज खाने संस्कृति र ग्रामीण चाल चलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिव भक्तिको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण