अख्तियारको एक्सन
अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, २५ जेठ २०८२, १३ : ३७

समाचार सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।
- पहाडीलाई २०८१ भदौमा सरकारले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो।
काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा लगेको छ । मुद्दा रुजुको क्रममा रहेकाले दर्ता हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ ।
आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ । पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।
टेलिकमको बिलिङ प्रणाली लगायतमा भ्रष्टाचार गरेको आरोपमा पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनापछि राइड सेयरिङ लागू हुन्छ : मुख्यमन्त्री पाण्डे
-
‘लाज शरणम्’ टिमले गर्यो विद्यालयलाई सहयोग
-
विद्युत् काट्नुअघि पूर्व सूचना दिन मागसहित उच्च अदालत पाटनमा रिट
-
सडक विस्तारका क्रममा १४ वर्षदेखि रोकिएको जग्गाको मुआब्जा दिने विषयमा छलफल
-
सीसी क्यामेरा बन्द गरी डिजेल चोर्ने आयल निगमका कर्मचारीसहित ५ जनाविरुद्ध मुद्दा
-
पतञ्जली प्रकरण : कसरी अघि बढ्छ पूर्व प्रधानमन्त्री नेपालविरूद्धको भ्रष्टाचार मुद्दा ?