यस्तो छ ‘कल्ली’ मा सौगातदेखि बेनिशासम्मको गेटअप
सारांश
- लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको फिल्म 'कल्ली' को फस्टलुक सार्वजनिक गरिएको छ। फिल्म फागुन १ गते रिलिज हुने भएको छ।
- महेश दवाडीको लेखन र लक्ष्मण सुनारको कथा र निर्देशन रहेको फिल्म 'कल्ली' सामाजिक कथावस्तुमा आधारित छ।
- फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘कल्ली’ को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म अब फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ । फिल्मको सार्वजनिक दुई पोस्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
महेश दवाडीको लेखन रहेको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ । ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण फिल्म क्षेत्रमा चर्चामा छन् । सामाजिक कथावस्तुका फिल्म निर्देशनमा उनको नाम अहिले अगाडि आउँछ । यसैले, उनको निर्देशन रहेको ‘कल्ली’ पनि सामाजिक विषयवस्तुमा बलियो बनेको विश्लेषण गर्न सकिन्छ ।
सार्वजनिक दुई पोस्टरमध्ये एक पोस्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ । यस्तै, सार्वजनिक अर्को एक पोस्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । यो पोस्टरले फिल्मका अधिकांश पात्रहरूको चरित्र बोल्न खोजेको छ ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रूपमा छन् ।
आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण