बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्चले रोक्यो ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने बजेटको व्यवस्था

बुधबार, ०७ वैशाख २०७९, १६ : ४०
बुधबार, ०७ वैशाख २०७९

सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको छ । बुधबार बसेको संवैधानिक इजलासको आदेशले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको हो ।

यसअघि, सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर भारततर्फ ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने घोषणा गरेको थियो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेटमार्फत चुरे दोहन गरेर यी वस्तुको निकासी गर्ने योजना अघि सारेको थियो ।

सरकारको सोही योजनाविरुद्ध आदेश दिँदै सर्वोच्चले निकासी रोकेको हो । ‘संविधानको मर्म र भावना अनुकुल हुनेगरी विधायिकाद्वारा निर्मित कानूनले अर्को व्यवस्था नगरेसम्म सरकारलाई ढुंगा, गिट्टी र बालुवाको निकासीमा रोक लगाएको हो ।  बजेट भाषण लगत्तै अदालतले अन्तरिम आदेश यसको निकासीमा रोक लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप