सर्वोच्चले रोक्यो ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने बजेटको व्यवस्था
बुधबार, ०७ वैशाख २०७९, १६ : ४०
सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको छ । बुधबार बसेको संवैधानिक इजलासको आदेशले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको हो ।
यसअघि, सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर भारततर्फ ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने घोषणा गरेको थियो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेटमार्फत चुरे दोहन गरेर यी वस्तुको निकासी गर्ने योजना अघि सारेको थियो ।
सरकारको सोही योजनाविरुद्ध आदेश दिँदै सर्वोच्चले निकासी रोकेको हो । ‘संविधानको मर्म र भावना अनुकुल हुनेगरी विधायिकाद्वारा निर्मित कानूनले अर्को व्यवस्था नगरेसम्म सरकारलाई ढुंगा, गिट्टी र बालुवाको निकासीमा रोक लगाएको हो । बजेट भाषण लगत्तै अदालतले अन्तरिम आदेश यसको निकासीमा रोक लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण