रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानिय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवम् रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालले बताए । ‘रसुवामा पाँचवटा गाउँपालिका रहेका छन्, गोसाइँकुण्ड गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेर्ने गरि र उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ', उनले भने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको कार्यहरु अघि बढाइएको समेत उनले जानकारी दिए । जिल्लामा स्थानीयत तहको निर्वाचन सम्पन्न गराउनका लागि उत्तरगया गाउँपालिका मुना अधिकारी ढकाल, कालिका गाउँपालिकामा अशोकराज रेग्मि, नौकुण्ड गाउँपालिकामा कल्पना खतिवडा, आमाछोदिङ्मो गाउँपालिकामा शान्तिप्रसाद लुइँटेललाई निर्वाचन अधिकृत तोकिएको छ ।
त्यसैगरि, बैशाख २३ गतेसम्ममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई तालिम दिइने गरि तयारी भईरहेको समेत नेपालले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण