मतदाता नामावलीमा थपघट वा हेरफेर हुँदैनः निर्वाचन आयोग
निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर हुन नसक्ने स्पष्ट पारेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन हुन नसक्ने स्पष्ट गरेको हो ।
‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगले मिति २०७८/१२/१३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने भएकोले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुन सुचारु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिहरुले सम्बन्धित निर्वाचन कार्यलयमा गई दर्ता गर्ने, त्रुटी सच्याउने लगायतका कार्य गर्न सकिने तर निर्वाचन अवधिमा मतदाता नामावली सम्बन्धी कुनै पनि कार्यहरु सम्पादन नहुने व्यहोरा सम्बन्धित सबैमा आयोग अनुरोध गर्दछ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
वैशाख ३० गते शुक्रवार निर्वाचन हुने गरी मिति घोषणा भए पश्चात मतदाता नामावली संकलन कार्य माघ २५ देखि नै स्थगित भएको आयोगले स्मरण गराएको छ । मतदाता नामावली संकलन कार्य स्थगन भए पश्चात आयोगबाट फागुन १९ देखि २६ गतेसम्म नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भएको थियो । यसरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात आयोगबाट चैत १३ गते दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण