इलोन मस्क भन्छन्– ट्वीटर खरिद गर्न ४६.५ अर्ब डलर संकलन भइसक्यो
इलोन मस्कले ट्वीटर खरिद गर्न ४६.५ अर्ब डलर रकम जम्मा गरिसकेको र खरिद सहमतिको लागि कम्पनीसँग छलफल गरिरहेको बताएका छन् । गतसाता मस्कले ट्वीटर कम्पनीलाई प्रति शेयर ५४.२० डलरमा किनेर नीजि बनाउने प्रस्ताव गरेका थिए । मस्कको प्रस्तावका आधारमा ट्वीटरको मूल्य ४३ अर्ब डलर हुने थियो ।
मस्कले सुरुमा ट्वीटर कम्पनी किन्ने प्रस्ताव राख्दा त्यसका लागि पैसा कसरी जम्मा गर्छन् भनेर बताएका थिएनन् । बिहीबार अमेरिकी नियामक संस्था सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसइसी) मा दायर गरेको कागजातमा उनले ट्वीटरको सम्पूर्ण शेयर किन्नका लागि ‘टेण्डर अफर’ गर्ने विकल्पमा विचार गरिरहेका बताएका छन् ।
‘टेण्डर अफर’ अन्तर्गत ट्वीटरका ९ प्रतिशत शेयरका मालिक मस्कले उनको प्रस्तावलाई बोर्डसामु होइन सिधै शेयर होल्डर सामु राख्नेछन् । एसईसीमा दायर दस्तावेजमा ट्विटरले मस्कको प्रस्तावप्रति कुनै प्रतिक्रिया नजनाएको उल्लेख गरेको छ ।
बिहीबार नै ट्वीटरले एक विज्ञप्ति जारी गर्दै आफूहरुले मस्कको परिमार्जित प्रस्ताव प्राप्त गरेको बताएको छ । विज्ञप्तिमा आगाडि भनिएको छ : ‘कम्पनीको बोर्डले मस्कको प्रस्तावलाई ध्यान दिएर मूल्याङ्कन गरिरहेको छ । मूल्याङ्कनमार्फत कम्पनी र सबै ट्वीटर शेयर होल्डरलाई जे कुराले सबैभन्दा फाइदा हुन्छ, त्यही मार्ग तय गरिनेछ ।’
यसअघि ट्वीटरको बोर्डले कम्पनी मस्कको स्वामित्वमा जानबाट रोक्न ‘पोइजन पिल’ रणनीति अंगालेका थिए, जुन रणनीतिले कम्पनी खरिदलाई महंगो बनाउने थियो । ट्वीटरको खरिदमा मस्कलाई वित्तिय सहयोग गर्न मोर्गन स्ट्यान्लेलगायत कयौं बैंक अगाडि सरेका छन् । वित्तिय सहयोगका लागि अघि सर्ने बैंकमा मोर्गन स्ट्यान्लेका अतिरिक्त बार्कले, बैंक अफ अमेरिका, सोसाइटी जनरल, मिजुहो बैंक, बीएनपी परिवास र मित्सुविशी यूएफजे फाइनान्सियल ग्रुप पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण