चीनको यो शहरमा चालकरहित गाडीलाई दिइयो अनुमति
सोमबार, १२ वैशाख २०७९, १४ : ०५
टोयोटा मोटरको सहयोग रहेको सेल्फ ड्राइभिङ टेक कम्पनी Pony.ai ले चीनमा ट्याक्सीको लाइसेन्स पाएको जानकारी दिएको छ । लाइसेन्स प्राप्त गरेसँगै कम्पनीका केही चालकरहित वाहन अब भाडामा लिन सकिनेछ ।
कम्पनीले देशमा यस्तो गर्ने आफूहरु पहिलो अटोनोमस ड्राइभिङ कम्पनी भएको दाबी गरेको छ । स्टार्टअप कम्पनीले बताए अनुसार उसले नान्साको गुआंगझु शहरमा १०० ड्राइभरलेस गाडी सञ्चालन गर्ने लाइसेन्स पाएको छ ।
कम्पनीको बयान अनुसार, यो मञ्जुरी नान्शाको सानो इलाकाका लागि पाइएको हो । कम्पनी ८०० वर्ष किलोमिटरको दायरमा चालकरहित गाडी चलाउन सक्छन् । यात्रीले Pony.ai को एपबाट राइड बुक र रकम भुक्तानी गर्न सक्छन् ।
Pony.ai ले अमेरिका र चीनमा आफ्नो चालकरहित प्रविधिलाई सार्वजनिक सडकमा परीक्षण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण