एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राखिएमा हटाउन आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।
यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले बताए । यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गम्झा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्ने भएकाले व्यक्तिलाई सजग रहन आयोगले प्रस्ट पारेको छ ।
आयोगले निर्वाचन प्रयोजनका लागि खटाएका कर्मचारीलाई वैशाख १५ गतेभित्र खटाइएको सम्बन्धित स्थलमा पुग्न पनि आग्रह गरेको छ । निर्वाचन पर्यवेक्षणका लागि ६८ वटा संस्थाले अनुमति लिइसकेका र ति संस्थाबाट २० हजार पर्यवेक्षक चुनावमा खटिने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण