आयोगको निर्धारित समयमा ४७ हजार बढीले गराए उम्मेदवारी दर्ता
सोमबार, १२ वैशाख २०७९, १८ : ३१
निर्वाचन आयोगले मनोनयन दर्ताको ५ बजेसम्मको सूची सार्वजनिक गरेको छ । आयोगले ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका उम्मेदवारको ५ बजेसम्मको सूची सार्वजनिक गरेको हो ।
आयोगले निर्धारण गरेको ५ बजेसम्मको समयमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ताको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १६२३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १६०६ जनाले दर्ता गराएका छन् ।
यसैगरी उपप्रमुख पदमा ९५२ तथा उपाध्यक्ष पदमा १०४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १२ हजार १५१ जना, महिला सदस्य पदमा ७५९९, महिला दलित सदस्य पदमा ६६३७ र सदस्य पदमा १६ हजार ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण