अपडेट : हालसम्म ६० हजार ९५० जनाको उम्मेदवारी
सोमबार, १२ वैशाख २०७९, १९ : ०२
निर्वाचन आयोगले निर्धारण गरेको समय सीमाभन्दा ढिलो गरी मनोनयन दर्ता भइरहेको छ । आयोगले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।
तर आयोगले तोकेको समयभन्दा ढिलो गरी पनि मनोनयन दर्ता भइरहेको छ । आयोगका अनुसार साँढे ६ बजेसम्म ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट ६० हजार ९५० जनाले उम्मेदवारी दर्ताको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएका छन् ।
यसैगरी उपप्रमुख पदमा ११७३ तथा उपाध्यक्ष पदमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १५ हजार २८५ जना, महिला सदस्य पदमा ९८९१, महिला दलित सदस्य पदमा ८६९४ र सदस्य पदमा २० हजार ७३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण