भन्सार छलि ल्याएका चाँदीका गरगहनासहित दुई जना पक्राउ
मङ्गलबार, १३ वैशाख २०७९, १३ : ०३
लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहनासहित आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर–गहनाहरु फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण