बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

७२ जिल्लाको मतपत्र छपाइ सकियो, ३३ जिल्लामा मतपत्र ढुवानी

बिहीबार, १५ वैशाख २०७९, १६ : २४
बिहीबार, १५ वैशाख २०७९

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबारसम्म ७२ जिल्लाको मतपत्र छपाइ सकिएको जानकारी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सो जानकारी दिएका हुन् । 

‘आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको छ’, उनले भने । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ३३ हजार मतपत्र ढुवानी गरिएको पनि जानकारी दिए । आयोगका प्रणालीमा हालसम्म १ लाख ५३ हजार उम्मेदवारको मनोनयन दर्ता भएको पनि जानकारी दिए ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप