पदोन्नति भएका सशस्त्रका ७२ डिएसपीलाई दर्ज्यानी चिह्न
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नति भएका ७२ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको यही वैशाख १५ गतेको निर्णयले उनीहरू डिएसपीमा पदोन्नति भएका थिए ।
महानिरीक्षक केसीले पदोन्नति भएका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई बधाई दिँदै कार्य सफलताको शुभकामना दिएका छन् । उनले सङ्गठनमा रहेर उनीहरूले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्याङ्कनस्वरूप पदोन्नति प्राप्त भएको बताए । दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढी क्रियाशील भई कार्य सम्पादनमा जुट्न निर्देशन दिँदै केसीले कमाण्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सही मार्ग निर्देशन दिनुपर्नेमा जोड दिए । महानिरीक्षक केसीले पदोन्नति वृत्ति विकासको महत्त्वपूर्ण पाटोको रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमानदारीपूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध हुन पनि निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण