नयाँ खेलाडीलाई समेट्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण
एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली टोलीले दशरथ रंगशालामा तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई समेट्दै प्रशिक्षण सुरु गरेका छन् । होस्टेल र होटलमा राख्ने कुरामा विवाद हुँदा १० जना खेलाडीले क्याम्प छाडेर गएका थिए । त्यसको एक दिनपछि अल्मुताइरीले नयाँ खेलाडी प्रशिक्षणमा बोलाएका थिए ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीले एएफसी एसियन कपमा स्थान बनाउन नसक्ने बताइसकेका छन् ।
छनोट अघि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण