सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न एन्फाको निर्देशन
सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन १८ गतेसम्म गरिसक्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्देशन दिएको छ । त्यस्तै अन्य तीन जिल्ला भक्तपुर, गोरखा र सिन्धुलीको निर्वाचन पनि १८ गतेसम्म गरिसक्न एन्फाले निर्देशन दिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले रातोपाटीलाई जानकारी दिए ।
रविन चन्दलाई निर्वाचनमा जान नपाउने विषयलाई लिएर विवाद हुँदा सुर्खेत जिल्लाको निर्वाचन स्थगित भएको थियो । त्यसपछि एन्फाले रविन चन्दलाई निर्वाचनमा भाग लिन नदिन भन्दै पत्र पठाएको थियो ।
यता, एन्फाको निर्वाचन समितिले भने रविन कुनै क्लबको नेतृत्वमा नभएकाले निर्वाचनमा भाग लिन पाउने भन्दै निर्वाचन गर्न निर्देशन दिएको थियो । त्यसपछि निर्वाचन हुने नहुने अलमल परेको भन्दै सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन हुन सकेको थिएन ।
निर्वाचनका लागि भनेर एन्फाले प्रकाश संगिनलाई प्रतिनिधिको रुपमा पठाएको छ । रविनले चुनावमा लड्न जाने वा नजाने भन्ने कुरा अहिलेसम्म फाइनल भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण