प्रशिक्षक–खेलाडीबीचको विवादको विषयमा कार्यसमिति बैठक राख्न माग
शुक्रबार, १६ वैशाख २०७९, १५ : ५२
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी र मुख्य प्रशिक्षकबीचको विवादका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक राख्न वरिष्ठ उपाध्यक्षसहित चार जनाले माग गरेका छन् ।
एसियन कप छनोटका समयमा होस्टेल र होटलमा बस्ने विषयमा अल्मुताइरी र रोहितबीच खटपट भएको थियो । त्यसपछि रोहितले क्याम्प नै छोडेर गएका थिए । रोहितसहित अन्य ९ जना खेलाडीले पनि क्याम्प छोडेका थिए ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ, उपाध्यक्ष कृष्णबहादुर थापा, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य दावा लामाले तत्काल बैठक राख्न माग राखेका छन् ।
उनीहरुले यस्तो विषयमा एन्फालाई संवेदनशिल हुन पनि आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण