पूर्वी रुकुममा एमाले-काँग्रेसका संयूक्त उम्मेदवारले गरे उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, १७ : १२
नेपाली काँग्रेस र नेकपा एमालेबाट पूर्वी रुकुमको भुमे गाउँपालिकाका अध्यक्षका उम्मेदवार भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन्। काँग्रेस एमालेबाट संयूक्त रुपमा उठाएका ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
उनी काँग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा एमालेका कमानसिंह डाँगीले उम्मेदवारी दर्ता गराएका छन्। डाँगीले भने उम्मेदवारी फिर्ता गरेका छैनन्। माओवादी केन्द्रबाट होमप्रकाश श्रेष्ठले अध्यक्षमा र उपाध्यक्षमा सविना बुढाले उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेस एमालेका संयूक्त उम्मेदवार ओलीले उम्मेदवारी फिर्ता लिएपछि माओवादीबाट अध्यक्षमा उठेका श्रेष्ठलाई चुनाव जित्न सहज हुने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण